अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

नेपालमा १० महिनामा १० लाख पर्यटकआए

बिआरटीनेपाल २०७९ कार्तिक १९ गते ७:०३ मा प्रकाशित

पछिल्लो १० महिनायता नेपालमा झण्डै १० लाख विदेशी पर्यटक नेपाल आएका छन् । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार अक्टोबरमा मात्र ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका हुन् । सेप्टेम्बर महिनामा ५८ हजार ३ सय १४ पर्यटक भित्रिएका थिए ।

यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५ सय ६३ पर्यटक भित्रिएको बताइएको छ । अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

अक्टोबरमा भारत १६ हजार ९ सय र अमेरिकाबाट ११ हजार ८ सय ५९ पर्यटक नेपाल आएका छन् । बेलायत ७ हजार १ सय १७, जर्मनी ४ हजार ९ सय ३५, फ्रान्स ४ हजार ९ सय २९, अष्ट्रेलिया ३ हजार ९ सय ४६, बंगलादेश २ हजार ७ सय पाहुना अक्टोवर महिनामा नेपाल आएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया