अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

सुनकाे मूल्यमा प्रतिताेला चार सयले गिरावट

बिआरटीनेपाल २०७९ कार्तिक १७ गते ६:४८ मा प्रकाशित

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ। महासंघले आजको मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो ।महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ ।

महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रूपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६ सय र तेजाबी सुनको मूल्य ९३ हजार एक रूपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १२ सय १५ रूपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ थियो ।

प्रतिक्रिया