अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

ह्वाइट हाउसमा पनि मनाइयाे दीपावली

बिआरटीनेपाल २०७९ कार्तिक ९ गते ७:१० मा प्रकाशित

अमेरिकाको शक्ति केन्द्र ह्वाइट हाउसमा पनि दीपावली मनाइएको छ।अमेरिकाकी प्रथम महिला जिल बाइडेनले राष्ट्रपति भवनमा दीपावलीको आयोजना गर्नुभएको हो । उक्त अवसरमा देशकी उपराष्ट्रपति कमला ह्यारिस पनि उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा राष्ट्रपति जो बाइडेनले ट्वीटरमार्फत् सन्देश पनि दिनुभयो ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ,’यो दीपावली, हामी याद राखौँ कि प्रकाशमा अन्धकारलाई समाहित गर्ने शक्ति हुन्छ। अमेरिका एकमाथि मात्र नभई हामी सबैमा निर्भर छ। प्रकाशको यस पर्व मनाउने सबैमा शुभ दीपावली।’उपराष्ट्रपति कमला ह्यारिसले पनि आफ्नो ट्विटर ह्यान्डलबाट दीपावली मनाएको भिडियो शेयर गर्नुभएको छ ।

भिडियोमा उहाँले भन्नुभएको छ ,’यो परम्पराको बारेमा हो, यो संस्कृतिको बारेमा हो। यो सालौँ पुरानो संस्कृतिको बारेमा हो। अन्धकार र प्रकाश बीचको सन्तुलनको बारेमा हो। प्रकाशको यस पर्व मनाउनुले हामी सबैलाई अन्धकारबाट टाढा लैजान प्रेरित गर्छ।’उक्त अवसरमा नृत्य एवं गीत संगीतको पनि आयोजना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू