अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

तत्काल युक्रेनको खर्सोन क्षेत्र छाड्न खर्सोनवासीलाई रुसी अधिकारीकाे उर्दी

बिआरटीनेपाल २०७९ कार्तिक ६ गते ७:४० मा प्रकाशित

रुसले खटाएका अधिकारीहरूले युक्रेनको खर्सोन क्षेत्रका बासीन्दालाई तत्काल शहर छाड्न उर्दी जारी गरेका छन् । युक्रेनी सेनाले उक्त क्षेत्र फिर्ता गर्न प्रतिवाद आक्रमण गर्ने आशंकामा रुसी अधिकारीहरूले उर्दी जारी गरेका हुन् । खर्सोन क्षेत्रलाई रुसमा गाभेको घोषणा गरेपछि रुसले त्यहाँ सैन्य शासन लागू गर्दै रुसी अधिकारीहरू खटाएको छ ।

युक्रेनी सेनाबाट बमबारी र आतंककारी हमला हुनसक्ने भन्दै रुसी अधिकारीहरूले यथाशक्य छिटो शहर छाड्न आग्रह गरेका हुन् । खर्सोनमा सैन्य शासन लागू गरे लगत्तै ६० हजार स्थानीयलाई नदी पार गराएर रुस पठाइएको र अरू २५ हजार मानिसहरुले त्यसपछि खर्सोन छाडेको अनुमान गरिएको छ ।

युक्रेनले भने आफ्नो स्थानमा बसेर रुसी सेनाको प्रतिकार गर्न खर्सोनका बासीन्दालाई आग्रह गरेको छ । यसैबीच, युक्रेनका मध्य र पश्चिमी क्षेत्रमा रुसले उर्जा केन्द्रहरूमा आक्रमण तीब्र बनाउँदा लाखौं युक्रेनीहरू अन्धकारमा बस्न बाध्य भएका छन् । रुसले उर्जा केन्द्र तथा संवेदनशील क्षेत्रमा प्रहार गरेका ३३ वटा मिसाइल मध्ये १८ वटा खसालेको दावी समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू