अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

एडीबीद्वारा पाकिस्तानका लागि १ अर्ब ५० करोड अमेरिकी डलर ऋण स्वीकृत

बिआरटीनेपाल २०७९ कार्तिक ५ गते ६:४९ मा प्रकाशित

एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग स्वीकृत गरेको छ । पछिल्लो पटक बाढीपहिरोबाट विनाश भएको पाकिस्तानमा खाद्य तथा सामाजिक सुरक्षा, पुनर्निर्माण र रोजगारीका लागि एडीबीले एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको हो ।

पाकिस्तानमा बाढीका कारण मात्रै तीन करोड ३० लाखभन्दा धेरै मानिस प्रभावित बनेका छन् । पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुगेकाे छ । विपद्पछिको पुनर्निर्माण र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उपलब्ध गराएको एडीबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानी सरकारलाई आफ्नो विकास खर्च प्याकेज कार्यान्वयन गर्न आवश्यक यो वित्तीय सहयोगबाट सङ्कटको समयमा असमान रूपमा प्रभावित हुने गरिब परिवारले लाभ लिन सक्ने एसियाली विकास बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू