अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

भारतको मध्यप्रदेशमा बस दुर्घटना : १५ जनाको ज्यान गयो, ४० जना घाइते

बिआरटीनेपाल २०७९ कार्तिक ५ गते ६:४६ मा प्रकाशित

भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् ।

ज्यान गुमाउनेमा दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् । झण्डै सय जना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । मध्य प्रदेशको रीवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा गएराति बस दुर्घटना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू