अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

डोनाल्ड ट्रम्पलाई बयानमा उपस्थित हुन आदेश

बिआरटीनेपाल २०७९ कार्तिक ५ गते ६:४३ मा प्रकाशित

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गतवर्ष अमेरिकी संसद् भवन क्यापिटल हिलमा भएको दंगाको अनुसन्धान गरिरहेको एउटा संसदीय समितिले सांसदहरूसमक्ष बयान दिनेगरी उपस्थित हुन आदेश दिएको छ ।ट्रम्पलाई सम्बोधन गरेर पठाइएको उक्त आदेशमा कुनै अमेरिकी राष्ट्रपतिले निर्वाचन उल्ट्याउन गरेको पहिलो र एकमात्र प्रयासको केन्द्रमा भएको तथा उक्त क्रियाकलाप गैरकानुनी,असंवैधानिक भएको कुरा ट्रम्पलाई जानकारी रहेको उल्लेख छ ।

ट्रम्पका एक वकिलले उक्त संसदीय समितिका सदस्यहरूलाई मापदण्डहरू उल्लङ्घन गरेको आरोप लगाएका छन् । पूर्वराष्ट्रपति ट्रम्पले उक्त छानबिनको आलोचना गर्दै आफूलाई दिइएको आदेशलाई डेमोक्र्याटिक पार्टीको शासनको आपत्बाट मतदाताको ध्यान अन्यन्त्र मोड्ने चाल भएको टिप्पणी गर्नुभएको छ ।

अर्को महिना अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । संसदीय समितिले नोभेम्बर ४ भित्र दस्तावेजहरू बुझाउन र नोभेम्बर १४ को दिन वा त्यसको आसपास बयान दिन उपस्थित हुनैपर्ने भनेको छ । ट्रम्पले आफ्ना समर्थकहरूलाई सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्न उक्साएको भन्दै उक्त संसदीय समितिले छानविन गरिरहेको छ । ट्रम्प समर्थकहरूले संसद् भवनमा तोडफोड गर्दै र हुलदंगा मच्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू