अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई अपमानपूर्वक बाहिर निकालियो

बिआरटीनेपाल २०७९ कार्तिक ५ गते ६:२१ मा प्रकाशित

चीनका पूर्वराष्ट्रपति तथा पार्टीका पूर्वमहासचिव हु जिन्ताओलाई चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनको समापन समारोहबाट अपमानपूर्वक बाहिर निकालिएको छ ।बेइजिङको ग्रेट हल अफ द पिपुलमा एक सातादेखि चलिरहेको सम्मेलनको शनिवार भइरहेको समापन समारोहमा हलको पहिलो लहरमा राष्ट्रपति सि जिनपिङसँगै बसेका हु जिन्ताओलाई मार्सल लगाएर हलबाट बाहिर निकालिएको भिडियो अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भइरहेको छ ।

सी जिनपिङलाई तेस्रो कार्यकालको लागि पार्टीको महासचिव चुनेको उक्त समारोहबाट पूर्वराष्ट्रपति तथा पार्टीका पूर्वमहासचिव हु जिन्ताओलाई किन निकालियो भन्नेबारे भने खुलेको छैन ।  एएफपीले सार्वजनिक गरेको भिडियोमा हु जिन्ताओ राष्ट्रपति सि जिनपिङको बायाँतर्फको कुर्सीमा बस्नुभएको छ । हु को नजिक आएर एकजना पुरूषले उहाँलाई बसेको कुर्सीबाट उठाउन खोज्दा उहाँ उठ्न मान्नुहुन्न। पछि ती पुरूषले हुँ को पाखुरामा सामातेर जबर्जस्त उठाउन खोज्छन् तर, पनि हुुँ आफ्नो कुर्सी छाड्न मान्नुहुन्न । त्यति नै बेला राष्ट्रपति सि हुतर्फ फर्केर र केही भनेजस्तो गरेको भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू