अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

सत्तारुढ गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपाको प्रवेश, बालुवाटारमा छलफल जारी

बिआरटीनेपाल २०७९ असोज २१ गते ६:२६ मा प्रकाशित

सत्तारुढ गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपाको प्रवेश भएको छ ।

सिट बाँडफाँटमा सम्मानजनक स्थान नपाएको भन्दै जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएको हो । उसले नेकपा एमालेसँग चुनावी तालमेल गर्न छलफल अगाडि बढाएको छ ।  सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकमा जसपा अनुपस्थित भएपछि गठबन्धनमा तालमेल जुटाउन लोसपा सहभागी भएको छ ।

बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो ।

लोसपाका एक नेताका अनुसार बालुवाटार बैठकमा नेताहरू शरदसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायतका नेताहरू सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू