अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ

बिआरटीनेपाल २०७९ असोज २० गते ५:३० मा प्रकाशित

नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता  भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

अ्मेरिकाबाट कतारको   दोहालाइ ट्रान्जिट बनाएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा  लगाएको हो ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका  राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने स्वास्थ परिक्षणका  लागि अस्पताल लगिएको  थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू