अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 06:12

विद्रोह र विनिर्माणका कला ‘कलानिधि’ 

गोपी मैनाली २०७९ असोज १६ गते १५:२३ मा प्रकाशित

(समालोचना)
मानिस किन कविता लेख्छन् ? कुन अद्भुत शक्ति हुन्छ र मानिस कलामार्फत समाजलाई निर्माण, विनिर्माण गर्न लाग्छन् ? शव्दशक्ति कहाँ हुन्छ र एउटा कवि निरन्तर कवितामा लाग्छ, र निरन्तर लागिरहन्छ । उसका लागि प्राप्ति, अप्राप्ति, उपलब्धि र अनुपलव्धि निरपेक्ष हो तैपनि किन कोही कवितामा लागिरहन्छ भन्ने शायदै पाइने साधक हो कलानिधि ।

कलानिधिको काव्य यात्रा थालनी २०३८ साल देखि हुनुपर्छ । त्यसो हो भने ‘गौरवमय नेपाल’ कविता सङ्ग्रहका समयदेखि म आफ्नो अर्थमा कलानिधिलाई पछ्याइ रहेको छु । चार दशक जीवनका लागि आधा समय, काव्य यात्राको लागि त पुरै समय हो ।

जीवन निर्वाहका क्रममा पेशाकर्ममा विभाजित हुँदा र अव पुन पूर्ण समय काव्यत्रामा नै रहँदा कलानिधिको काव्य कर्म, काव्यप्रतिको दृष्टिकोण र विश्वासमा कुनै विचलन देखिदैन, अनि सिर्जनाका पाटाहरुमा कुनै डगबडाहट देखिँदैन । के सिर्जना समय र वय निरपेक्ष रहन्छ ? वा समाजसंग हिड्दैन वा सामाजिक गतिहीनताका कारण दृष्टिकोण र विश्वास उस्तै रहेको हो ? कलानिधिका काव्यमा यी सवालका उत्तर खोज्ने प्रयास त्यति सार्थक लाग्दैन । स्वयम् कविको शब्दको सापट लिँदा कविता इमान्दार कविको त्यो जीवन हो, जहाँ कविता हेरेपछि जीवन हेर्न आवश्यक पर्दैन र जीवन हेरेपछि कविता । त्यसैले कलानिधि आफै कविता हो, कवितामा मात्र कलानिधि भेटिन्छ । त्यो कविता चाहिँ जैवनिक चेतको उत्कर्ष विन्दु हो । समकालीन काव्य क्षेत्रमा कवि र कविता प्राय मिल्दैनन् । तर कलानिधिमा कविताले कविलाई कविले कवितालाई ठ्याम्मै आफ्नो बनाएको छ । सर्जक–सिर्जना एकअर्कामा समाहित भएको, एकअर्कोमा अन्तरवोध भएको महाकवि देवकोटा लगायत थोरै व्यक्तित्व भेटिन्छ ।

‘गौरवमय नेपाल’ (२०३८) बाट सुरु भएको काव्यिक यात्रा ‘केही कवि: केही कविता’ (सहलेखनको कवितासङ्ग्रह,२०४३), ‘सीमाबसु’ (खण्डकाव्य, २०६५), ‘विभाजित विश्व’ (महाकाव्य, २०७१), ‘कलानिधिका चुनिएका कविता’ (कवितासङ्ग्रह २०७३), ‘आरस्तुुदेखि बकरसम्म’ (उपन्यास, २०७६), ‘शिखर यात्रा’ (निबन्धसङ्ग्रह, २०७६) र ‘आफै भए सुुन्दर’ (कविता सङ्ग्रह, २०७८) सम्म आइपुुग्दा बैचारिक आयाम र दृष्टिकोणले फराकिलो फेट पाएको छ तर यो यात्रामा महात्वाकाङ्क्षाको आग्रह, स्वार्थको लेस र सम्बन्धको सौदामा कतिपनि देखिँदैन । अन्य विषय एकाङ्गी हुन्छन् । सबैका सीमा हुन्छन्, घेरा हुन्छन्, नियमका बन्धन हुन्छन्, बन्धन तोडेर उनीहरू सीमा तोड्न सक्दैनन् । तर साहित्य मात्र त्यस्तो विधाविशेष हो जसमा आफ्ना कलात्मक उच्चमूल्यभित्र सम्पूर्णको समायोजन हुन्छ । सरल शव्दमा भन्दा साहित्यभित्र जीवन र जगतको जम्मै विषय अन्तरभूत भई त्यसभन्दा अलग आदर्श जो समाजको सामान्य अवस्था भन्दा माथि उठेर चिदमा पुुगेको समाजले खोज्छन्, त्यो दिएको हुन्छ सच्चा साहित्यले । आफ्ना यिनै मान्यतामा कलानिधिका काव्यकला मुखरित छन् ।

सर्जक वा कविहरु एउटा परिवेशबाट साहित्यमा आएका हुन्छन् । कोही हिमाल हेरेर सिर्जनामा आएका हुन्छन्, कोही सगर पाकेको रुमानी दृश्य पियर मनपोख्दै साहित्य कलामा उदाएका हुन्छन् । कतिपयहरु जेलभित्र मनका डायरीमा कल्पनाका पोयाहरु केलाउँदै साहित्यमा आएका हुन्छन्, धेरैजसो त आफ्नै मनका उहापोह छचल्क्याउँदै साहित्य लेख्छन् । कतिपय सर्जक भाषा, समय र सामथ्र्यका अभावमा पनि आफूभित्रका प्रतिभालाई प्रकृतिमै विलिन गराइ रहेका हुन्छन् । लेख्नु, पोख्नुको अनुराग पनि नभएका कैयन सर्जक अस्तित्वमा आउन अघिनै प्रकृतिमै सम्मिलित भैसकेका हुन्छन् ।

रुमानी सर्जक इमिली डिकिन्सन समुद्रको छालसंगै खेल्दै कवितामा पोखिइएकी थिइन । महाकवि देवकोटाले पहाड र प्रकृतिसंग मितेरी लगाए । माधव घिमिरे पहाड र नदीसंग रमाएका छन् । कविशिरोमणि चाहिँ लालित्य र सौन्दर्यसंग झ्याम्मिए । कलानिधि प्रकृतिसंग त रमाएका छन् नै, तर उनको सिर्जना नियतिले दिएको भोगाइको उर्लाइमा छन् । त्यसैले उनका भनाइ कहिलकाही अव्यावहारिक पनि लाग्न सक्छन् । हिमाल, पहाड, नदीनाला, बनबुट्याउन, समुद ज्वारभाटाले अभिव्यक्तिलाई कति प्रभाव पार्छ थाहा छैन । अभिव्यक्ति सन्धानका लागि कविहरु किन प्रकृतिको सहारा लिन्छन्, यसको समवेत उत्तर पनि छैन । तर सत्य यही हो कि बहुधा लेखक त्यसै गर्छन् । प्रकृतिको पोर्टेटमा लेख्नेहरु विद्रोह–विधानमा खरो उत्रिदैनन् । जीवनका राग, ताप, उद्वेग र उहापोहलाई पोख्छन्, प्रकृतिलाई भावनाको सामान्यीकरण गर्छन् ।

विद्रोह चेतका कविहरु प्रकृतिसंगको कल्पना समानुकूलनमा आफूलाई निस्क्रिय राख्दैनन्, बरु प्रकृतिसंगै पाखुरा सुर्कन्छन् । समाज व्यवस्थाका विसङ्गति, अन्याय र थिचोमिचो माथि विद्रोह गर्दछन् । प्रकृतिमाथि नै विद्रोह गर्छन् । नियतिको निष्ठूरता पनि प्रकृति हो, प्रकृतिको निष्ठूरतामाथि आक्रमण गर्छन्, मनभित्रका मेलानकोली प्रकाशन गर्छन्, फराकिलो विषयवोध गर्छन् र आदर्श जीवनको मञ्जिल खोज्छन् । जीवनको गन्तव्यलाई चेतनाले पछ्याउँछ, आदर्शले, कल्पनाले चिथोर्छ । त्यसैले कवि कलानिधि विशौ शताव्दीमा नयाँ युुद्धको आह्वान गर्छन्
‘मान्छे,
मान्छेबाटै भयग्रस्त
पशुपशुुबाटै भयग्रस्त
रोवोट साम्रज्य
हुट्टिट्याउ
आकाश थेग्छु भन्छ
हिमाल अग्लेको छ
पहाड पग्लेको छ
पर्वत उग्लेको छ
हरिया टापुहरुमा, सगरमाथाहरुमा
हरितगृह
प्वाल पपरेर बारुद चुहेका छ
घिनलाग्दो ।
भट्टी पड्केका छन्
बम÷बारुद पड्केका छन्
चाहे सद्दामका छातीमा होस्
चाहे मण्डेलाका छातीमा
चाहे गान्धी सम्वेदनामा होस्
……………………

जहाँ जसरी भए पनि
आखिर मानव सरोवरमै

बज्र प्रहार भएको छ –निरन्तर (बीसौ शताब्दीः कलानिधिका चुनिएका कविता) ।

कविलाई थाहा छ हरितगृह ग्यास उत्सर्जनले ओजन तहमाथि गरेको अन्याय, प्राकृतिक सन्तुलन विथोल्न अविवेकी मानिसले गरेको अन्याय । उसका सन्तानले जन्मदै अक्सिजनको सिलिण्डर झुुण्ड्याउन नपाए एकमुठी सास फेर्नपनि कति सकस हुने हो । उल्टो रोवेटिक्सले मानव सत्ता कव्जा गर्दैछ । आफ्नै सिर्जनाले आफैमाथि गरेको अन्यायमा मानवसत्ता टुुलुुटुलुु हेरिबसको छ । के मानव शक्ति यसरी निरीह र पारजित हुनहुन्छ ? त्यसैले शताव्दी र समयप्रति कवि विद्रोही बनेका छन् । समग्र विद्रोह कविकर्म भएका छन् तर विद्रोहका श्वर शालीन सौन्दर्यमा छन् ।

कलानिधिले दाहाल गोपाप्रसाद रिमाल र पर्सिविस शेलीका जस्तै विद्रोहचेत समाएका छन् । विद्रोहचेत समाउने कविता कलासन्धानमा पर पुुग्दा नारा बनेका दृष्टान्तहरु धेरै छन् । फेरि साहित्यलाई वादको आग्रहबाट पनि हेर्न थालिएको छ । तर कलानिधि यस विषयमा यति सचेत छन् कि शेली र रिमाल जस्तै सावधान र अझ निख्खर कलाविधानमा अभिव्यक्तिको परिस्कार गर्दछन् ।

विद्रोही कविहरुलाई लाग्ने सामान्य आरोप हो, उनीहरूको कवितामा ब्लसफेमी हुन्छ । तर त्यो ईश्वरको निन्दामा हुँदैन, नियतिको निन्दामा ठडिएको हुन्छ । आस्था निन्दित होइन, नयाँ आस्थको स्थापना हुन्छ । त्यसले भ्रम, विभ्रम र ताप तिलस्मी बोक्दैन, केवल आफूूप्रतिको विद्रोहचेत वोक्छ । ‘बन्द गर हल्लाहरु’, ‘वर्तमान माथिको कविता’, ‘त्यस्तो माटो म चाहन्न’, ‘अव लेख्न छाड कविताहरू’ आआफ्ना रुपका ब्लासफेमी भए पनि बेगल स्वादका कर्मचेत हुन् । कवितामा मात्र होइन, ‘शिखर यात्रा’ का निबन्धहरु पनि ती काव्यचेतका अपवाद होइनन् । भलैकी कलानिधि कवि हो । अन्य विधाको साधक भन्दा उहाँमाथि अन्य गरेको ठहर्ला ।

कलानिधिीको लेखनशैलीतर्फ सुुक्ष्म दृष्टि दिऊ । ‘गौरवमय नेपाल’ देखि ‘आफै भए सुन्दर सम्म’ का काव्य यात्रमा कवि कलानिधिका विशिष्ट रचना सन्धान देखिन्छन् । उनका गद्य वा पद्य सबै कवितामा लयसन्धान र गेयात्मकता पाइन्छ । ध्वन्यात्मकता पाइन्छ । छन्दमा लेखिएका सुन्दर श्लोकहरु प्रकृतिका भाष्यमा, उपमा र उपमेयमा, मीठा शब्द माधुुर्यमा स्थायी अन्तरा बनेका छन् । ती हृदयका अनुपम झङ्कारमा छन् । भूपिका गद्यकवितामा पाइने गेय–ध्वन्यता कलानिधिका कवितामा पाइन्छ । ‘आफै भए सुन्दर’ का शार्दूलविक्रीडितका श्लोकहरु त गेयसन्धानका अनुपम प्रस्तुति भैहाले ।

‘यौटा गौरवको छ जीवन कला कैल्यै नझर्ने तल
यो उक्लेन खराव लक्ष्य कहिल्यै गर्दै कतै क्यै छल ।
जो आफ्नो गतिमा निरन्तर हिडी टेकेर आप्mनै धरा
आफ्नै पादपमा पदासिन रहे ठोकिन्न उ कन्दरा’ ।। (मन, आफै भए सुन्दर)।
‘उच्च हवेली उन्नत बोली
पतकरहरुका छिर्विर चोली
चट्ट मिलाई मुदृ गीत गाई
बुेल्बल जलकी ज्यानी
उच्च जवानी
विवविहानी
देखेँ एउटी प्रकृति रानी’ । (प्रकृति रानी, कलानिधिका चुनिएका कविता)

कलानिधिका कला प्रस्तुतीको अर्को आयाम बाँच्ने इरादा र अस्तित्ववादको सङ्घर्षको उद्वोध हो । उनका कवितामा मात्र होइन, निबन्ध र उपन्यासमा पनि कठोर कर्मचेत छ । कर्मको परिश्रमले जीवनलाई सिञ्चन गर्छ । कर्मशील व्यक्ति कवितामा होस् वा जीवनमा, कर्मको आदर्श मात्र बोक्छ । जे छ त्यसैमा जिउछ र कर्मको जीवन निरन्तर पछ्यारहन्छ । चार दशक लामो काव्य यात्रामा जीवन नै काव्य जस्तो सपाट देखिएको छ । कवि कविता र कविता कवि भएपछि त्यहाँ लुकुेको पाटो नै के रहन्छ र ? देखिने कर्म हो, भोगाइ हो, अझ बढी आदर्श हो । रातोपुलदेखि सो¥हखुट्टे सम्म, ओखलढुुङ्गादेखि मटिहानी–काठमाडौंसम्म सबै अस्तित्व र कर्ममिश्रित यात्रा छ । कवितामा ती छताछुल्ल छन् ।

शब्द र सौन्दर्य सन्धानमा कलानिधि आशुुकवि हुन् भन्ने समकालीन समाजले कम बुुझेको हुनुपर्छ । रातोपुलदेखि सोर्‍हखुट्टेसम्म पुुग्दाको दिनचर्यामा कविका पदचापहरु काव्य गर्दै हिडेको रहस्य उनको सङ्गतमा रहनेका सामुु छिपेको छैन । कविताछन्द उनका दैनिकीका भाग हुन् । तैपनि प्रकाशनको त्यति हुटहुटी देखिँदैन । कतिपय अवस्थामा त प्रकाशनयात्रामा ठक्कर पनि पुुगेको छ । प्रविधिले अरूको बोल्ने कविता लेख्छ, घोष्टकविहरु कवितामा उर्लिएका छन् । तर एउटा श्लील र सुन्दर कवि आफूलाई अक्षरमा प्रकाशन गर्न पनि पछि पर्छ । सच्चा कविको सङ्घर्ष उहिल्यै नै महाकवि देवकोटाले पागल कवितामा बताएका थिए, सङ्घर्ष सकिएको होइन, स्वरूप बदलिएका छन् ।

काव्य साधनाको अर्को पाटो निरन्तर मानवताको यात्रा हो । त्यो ‘बङ्करको कथा’ होस वा ‘शिखर यात्रा’, ‘आफै भए सुन्दर’ वा ‘विभाजित विश्व’ अनि ‘सीमावसुु’ निमानवीकृत हँुदै गएको समाजलाई मानवताको आग्रहमा ल्याउनुु हो । पछिल्लो निबन्ध ‘जिउँदा चिहनको मुखबाट’ यसको बेजोड अभिव्यक्ति हो । सत्य छोप्ने तमासा, यान्त्रिकृत बन्दै गएको मानव व्यवहार र समाज व्यवस्थाका उजाड रस्साकस्सी कलानिधिका आक्रमणका तारो हुन्, तर ती नाङ्गा भने नभै सौन्दर्यलेपित छन् ।

‘झिक्दै आ मनमा छ क्यै रहरको उत्पात मच्चाउने
एउटा स्वार्थ छ झल्झली जहर झैँ संसार चिच्याउने
अर्को क्रोध छ काल सर्पसरिको जिब्रा चलाई दिने

झिक्दै आ झटपट् थुतेर थुतुना च्यात्दा हुने, च्यातिने’ । (आफैबाट सफा बँनू, आफैँ भए सुन्दर)
‘हतास नबन तियानमेन’, ‘युुग आवाज’, ‘देश हो मुुत्युको घर’, ‘सच्चाइँ झन् सुन्दर’ जस्ता फुटकर कविता वा खण्डकाव्य, महाकाव्यमा मानवताको स्वर तीखो रूपमा गुञ्जिएको छ ।

कविको विस्तृत दर्शन जीवन हो, मानवता हो, कर्म हो, यथार्थ हो । भोगिएको जीवन हो । कविको ओखलढुङ्गाबाट मटिहानी, काठमाडौँ, शिक्षण पेशाको कर्म र त्यसले दिएको अभावले जीवन र्दशन निर्माणमा निख्खार आधार दिएको छ । शिक्षणपेशा आफैमा जीवन्त कला प्रदर्शन गरिरहनुु पर्ने कर्मस्थल हो । निरन्तर ताजगी र पुनतर्जाजगी नगर्नेले शिक्षण पेसा गर्नसक्दैन । शिक्षण पेसा हो, जागिर होइन । जीवन र कर्मको नाता जोड्न शिक्षण पेशाले सघायो । एउटा प्रसङ्गमा कवि भन्छन्–असह्य पीडा जहाँ भोकमा खाना हुन्न, चिसो तातोमा आङढाक्ने बस्त्र हुन्न, रातमा शीत छेल्ने छहारी हुन्न, त्यसका लागि लेखनप्रेरणा नै तिनै हुन्, अन्य आवश्यकता छैन । उनको यो वास्तविकताले कविता सम्बन्धी दृष्टिकाणमा मात्र होइन, पुरै जीवनको दृष्टिकोण निर्माण गरेको छ । यसको प्रभाव बोली, व्यवहार, काव्य सन्धान, साहित्य विवेचना जता पनि परेको छ । कतिपय अवस्थामा कठोर जस्तो लाग्छ, अव्यावहारिक जस्तो लाग्छ तर यसैले कलिानिधिलाई कलानिधि बनाएको छ । उनको पहिचान र कवितावृत्ति पनि यही हो । कवि, साधकहरु दुखबाट जीवन नियाल्छन् र निख्खर भएर निस्कन्छन् । दुख र परिश्रम नगर्नेले जीवनलाई त्यति बुुझेकै हुन्नन् । त्यसैले अक्षरहरु अनुुभूति टिप्न सक्दैनन् । ती रहरका सिर्जना बन्छन्, तर जीवनको सास्वतपन बन्दैनन् । त्यसैले उनीहरू जीवनको दृष्टिकोण निर्माणमा पनि कृत्रिम लाग्छन् । प्लेस प्रिमियम पाएकाहरु, शक्ति र साधनमा रहेकाहरु जीवनको विस्तृत आयाम उठाउन नै सक्दैनन् ।

कलानिधिका कवितामा मलानकोली छ, उकुसमुकस छ, काल्पनिकता छ निजत्वको प्रकाशन र बैयक्तिक प्रज्ञा छ । कवितामा ज्ञान छ, प्रज्ञान छ, विज्ञान पनि छ । सौन्दर्य छ, कलाविधानमा सौन्दर्य र विधागत सौन्दर्य । लाग्छ कविताहरू सौन्दर्यको पुनरुत्पादनमा छन् । विद्रोहको ज्वालामा पनि सौन्दर्य छ, ध्वंशको सन्देशभित्र विनिर्माणका वाचाहरु छन् प्रकृतिप्रेमी कवि मानव सभ्यताका लागि प्रेममाथि विद्रोहका ज्वाला दन्काउछन् । त्यसैले कविभावना भययीन छन्, निस्वार्थ र सौन्दर्य समर्पित छन् । कवि कलाकारको वैशिष्ट्य नै सामाजिक प्रजानशीलताका लागि निरन्तर विनिर्माणमा रहनुु हो । कलानिधिका साधना सन्धान विद्रोहको सङ्गठन हो, आशक्तिको आह्वान होइन ।
‘त्यसैले मलाई नछेक–म पागल हुँ पुत्र वियोगको
–म उग्र उन्माद हुँ मित्र वियोगको
– म हुरीहुुन्नरी हुँ चक्रव्यूहको
मलाई नरोक
–म केकवल जयद्रथ खोजिरहेछु
–म शकुनि–दुशासन खोजिरहेछु’ । (वेदनाविह्ल योद्धाका हुुङ्कार, कलानिधिका चुनिएका कविता) ।

त्यसो त गोमन दुुर्योधनले चिताजल्नुपर्छ, भूकम्प, तारेभिर, अस्तित्वको बोल, वर्तमानमाथिको कविता सबै नै विद्रोहका चिराग हुन् । सबै कविताहरू वर्तमानमाथि लेखिएका छन् । कविका लागि आफूबाँचेको समय वर्तमान हो, समय नै शक्ति, समय नै सौन्दर्य र समयमाथि सभ्यता र निर्माणका जग राखेर कविता जन्मेका छन् । कवि तीर्थराज अधिकारीले भने झैँ उनी लेख्ने बहानामा समयलाई गिजाल्दैनन् । उनका कविताहरू साँच्चैका कविता हुन् । त्यसैले कलानिधिका कवितामा समयलाई अन्याय गरिएको छैन, आफैमाथि अन्याय गरिएको छैन, युुगलाई अन्याय गरिएको छैन । एउटा दृष्टिघोष, उद्घोष र निर्माणको चाहना छ । त्यो कविको जीवनको धरातलले दिएको शक्ति हो, सौन्दर्य हो ।

हो कवितामा निश्चित गति, गेयता, कल्पनासहित खदिला विचार प्रस्तुति हुनुपर्छ । कविता आफैमा उत्कृष्ठ अभिव्यक्ति हो, अभिव्यक्तिको उत्कृष्ठ आविस्कार हो । सौन्दर्य, विचार र कलाका संगम भएर कविताहरुले तेस्रो रूप दिएको हुन्छ । कलानिधिका कविता कला कला, सौन्दर्य र विचारका त्रिवेणी भएर छचल्किएका छन् । कहिले बिहान र चरा, कहिले मुस्कान र बालापन, हुन्नौँ नि क्वै सुन्दर, वैशाख मैमा छ यो जस्ता पद्य कविता यति सुन्दर छन् कि कविताका अन्तरभाव, संरचना शिल्प र निजत्वको प्रकृति सपाट छ्याङ्ग छ । यस्तो प्रतिभावले विश्वभाषा, विश्व प्रकाशन र प्रेरणा पाएको भए नेपालीत्व र पहिचान कति विस्फारिने थियो होला ।
‘डाँडा हौँ लयदार सुन्दर छटा या भावमा ओर्लिएर
हर्सोल्लास म फाँट ढुक्कुर चुचो आफै लगाई दिए ।
मै हौँ पल्लव पात पात दिलका रेसा हुँदै फेलिए
जम्मै वास वसन्तको छुम हरा आफै खुलामा रहे । वैशाख मैमा छ यो)
बस्ने यो घर ह्वैन क्यै सुजन हो । भित्री बनाऊँ घर
या भन्दा गतिलो त्यता हुन गए हुन्छौं सधैँ सुन्दर ।
माटोको घर हुन्न क्यै गरुँ चिल्याऊँ घोटी तर
उस्तै फोहर हुन्छ क्यै पल यता बन्दैन यो सुन्दर’ ।। (हुन्नौँ नि क्वै सुन्दर)

प्रत्येक कविता मानिसका आभ्यान्तरिक सुख निजत्वको खुसीमा छन् । अमेरिकन स्वतन्त्रता आन्दोलनमा खुसी, स्वतन्त्रता र स्वभाविमानका आवाजहरुले पाएजसो महत्त्व कलानिधिका कवितामा छन् । युरोपीय क्रान्तिमा खोजिएको स्वानुुभूतिका आन्तरवोध कविमा छ । कतै प्रकृतिलाई बिम्ब बनाएर त कतै कर्मका समर्पणमा ती छचल्किएका छन् ।

त्यसैले कविता स्वान्त सुखायको उपयोगितामा मात्र रहन्छ र ? चेतना, विद्रोह, शिक्षा आदि जे जस्ता शब्द रोजौं, लेखनमा उपयोगिता हुन्छ । भन्नलाई स्वान्त सुखाय भनिए पनि जब त्यो प्रकाशित हुन्छ, स्वभाविक रूपमा त्यो सार्वजनिक विषय, सार्वजनिक उपयोगिताको विषय बन्ने हैसियत राख्छ । ग्रीन्स वर्ग वा नित्सेले अलापेका निरिश्वरतामा पनि सार्वजनिक उपयोगिता छ । त्यति मात्र होइन, रोज्से सेरेसको उदास आइतवारले कतिको जीवन लीला नै समाप्त पा¥यो, तर पनि त्यो सार्वजनिक विषय हो । सार्वजनिक टिका टिप्पणी, विचार विश्लेषणको विषय, समीक्षा, पठन–पाठन, स्वाद–आस्वादको विषय भएकोले कवितालाई निस्काम अभिव्यक्ति भन्न सकिँदैन । सन्तुष्टि र स्वार्थभन्दा पररहेर कविता लेख्ने कवि कलानिधि प्राप्तिको आशा र स्वार्थको सङ्कीर्णतामा छैनन् । तर त्यसो भन्दैमा जीवन नै आशा होइन र ? लेखकहरु जति नै निरुक्त भए पनि सार्वजनिक उपयोगिताबाट चाहेर पनि अलग बन्न सक्दैन । उनका कवितामा देखिएका विद्रोहका झिल्का, सुन्दरताका बयेली र प्रकृतिको कलकलावटमा केवल सिर्जना भेटिन्छ ।

कवि कविता कर्मममा आप्mनै अभिव्यक्तिमा रहन्छ । समाज सुधार गर्छु, आन्दोलन गर्छु, नयाँ मार्ग देखाउछु आदि जे जस्ता अव्यिक्ति दिएपनि कवि/सर्जक आफ्नै सन्तुष्टिमा प्रकाशित हुन्छ । थोर बुहत सर्जक यो सत्य उजागर गर्छन्, धेरैहरु भने सत्यभन्दा पर आफ्नै लेखनीको अभिव्यक्ति दिन्छन् । कतिपय पैसालाई लेख्छन्, नामलाई लेख्छन्, वा प्रतिष्ठा र पुरस्कारका लागि लेख्छन्, लेखिन्छन् । पुरस्कारमा बाचेका, प्रयोजनमा बाँचेका कला कालजयी कह बनेका छन् र ? पुरस्कार र प्रतिष्ठा सोच्ने काव्यकर्मले पाठक कमाएको कहाँ छ र ? बहुधा सर्जक यथार्थ ओकल्दैनन्, किन लेख्छु भन्ने उत्तर आफै दिन सक्दैनन्, बरु आफैप्रति अन्याय गर्छन् । विवेकले स्वीकृति नदिएको लेख्छन् । अर्को व्यक्तित्वले सर्जक व्यक्तित्व छायामा परेको अभिव्यक्ति पनि दिइरहेका छन् । जीवन दिने पेशालाई अन्याय गरिरहका छन् । त्यसैले व्यक्तित्व उजेल्याउन लालसा लेखनीको केन्दस्थमा रहेको पनि देखिन्छ । लेखनी स्वयम् प्रकाशन भएकोले त्यहाभन्दा पर यसका गर्भित आशय रहन्छ भने कलाकर्मको स्वाभाविकतालाई उपेक्षा गर्न पुुग्छ । के कला आग्रह वा ध्येयको व्यवसाय हो ? कलानिधि दाहाल लेखनी, विचार र कवितामा प्रस्ट छन् । आफूलाई नढाट्ने सीमित अपवादमा पर्दछन् । त्यसैले कतिपय उनलाई सन्यासी कविका रूपमा समेत लिन पछि पर्दैनन् । कलामा निथ्रुक्क भिजेकाहरु कहिले पागल कहलिन्छन् त कहिले सन्यासी ।

आफैलाई पोख्न, प्रकाशन गर्न मात्र लेख्ने हो ? वास्तविक लेखाइ वा कवित्व आत्मप्रकाशन हो । उपयोगिता, सुधार वा विद्रोह जे भनेपनि कवितामार्फत कवि आफैलाई पोखिरहन्छ । आफ्ना अभाव पोख्छ, भाव पोख्छ, भग्नासा पोख्छ, उत्साह पोख्छ, अपेक्षा पोख्छ र कहिलेकाही आनन्द पनि पोख्छ । र, भन्न भुल्दैन मैले समाजलाई दिइरहेको छु । यथार्थ के हो भने आफ्ना भावातिरेकको प्रकाशनले अरूले पाउने–नपाउने बेग्लै कुरा हो, आफूूले भनेको पाएको हुन्छ । शव्दाभिव्यक्तिबाट रमाउनुु, बयेलिनुु र रमिनुु कविको पहिला प्राप्ति हो । दुखको विरेचनमा पनि कविले दुखीसुखको अनुुभूति पाउने गर्छ । आफ्ना सिर्जनाबाट आफै रमाउनु कविको पहिलो कार्य हो । सिर्जना बिम्बमा डाको छोडेर रुनुु, घटनालाई समानुुभूतिमा ल्याउनुु पनि साधकको सफलता हो, उपलब्धि हो । समाजले उपलब्धि वा उपयोगिता कुन दायरासम्म विस्तार गर्नसक्छ ? वा त्यो सामथ्र्यमा कविले कति व्यक्त गर्छ ? त्यसैमा कविताको स्थूल सफलता र कालजयीपन अडेको हुन्छ । ‘गौरवमय नेपाल’ देखि ‘आफै भए सुन्दर’ को काव्य यात्रा त्यै कलाकर्ममा कवि दोलयामान छन् । ‘म लेख्छु, मात्र लेख्छु । मेरो काम दिने, लिने दुवै नभएर लेख्ने हो ।’ लेखनले मात्र समाज बदल्छ भन्ने एकाङ्की सोचबाट माथि उठेका कवि कलानिधि भन्छन् ‘लेखनले मात्र होइन, असल नेताले, असल नियमका संयन्त्रले, असल लेखकका कलमले, समाजमा छरिन सकेका सच्चा शिक्षाका संवहनले, यी कसैले बदल्न नसके स्वाभाविक रूपमा प्रकृतिले बदल्छ’ । समाज बदल्छु भनेर बदलिने होइन । धेरै लेखक, पेशाविद, कलाकर्मी, नीतिज्ञहरु यति फराकिले अभिव्यक्ति दिनै सक्दैनन् । र आफ्नै स्वरतिमा आफू बदलेको कुरालाई समाज बदलेको भन्न रुचाउँछन् । त्यसैले कवि कलानिधि आफ्नै सङ्कीर्णताबाट माथि उठ्ने चेत र अग्रहमा छन् । ‘आफै भए सुन्दर’ (कविता स्रगह) वा ‘विभाजित विश्व’ (महाकाव्य) का काव्याभिव्यक्ति यसैका उत्तर हुन् । शिखर यात्रा चाहिँ अलि निर्बन्धतामा प्रकाशित दृष्टिकोण हो । साधक सधैँ शिल्प र संरचनामा बाधिदैन भन्ने द्योतन यसले गरेको छ ।

साहित्य सत्ता अजवको स्वभावमा रहन्छ । नेपालमा अहिले पनि एउटा ठुलो साहित्य जमात छ, उसले अरूको लेखाइलाई स्वीकार्दैन, पठ्दैन । पूराना, सनातनी र शास्त्रीय भाकालाई कविता/कला भनेर अरूलाई उपेक्षा गर्ने वर्गले कविताप्रति अन्याय नै गरिरहेको छ । अर्को वर्ग–जस्तोलाई पनि कविता भन्छ, आफैलाई कविता भन्छ र स्वरतिमा मग्ध रमाउँछ । दुवै वर्ग काव्यमाथि अन्याय गरिरहेका छन् ।

कतिपयहरु चर्चित हुन कविता लेखिएका छन् । चर्चा बटुल्नु कवि कर्म हो भन्ने पनि भएको छ । चर्चा बटुल्न अक्षरका उरुङ्ग पाज्नेहरु अक्षरका प्रायोजन गरिरहेका छन् । प्रकाशकहरु पनि लहैलहैमा छन् । कवि सरुभक्तले भने झैँ ‘कविताका नालेखिएका अन्यथा कुराहरूको बढी चर्चा हुन्छ । सहयोगी हात हुन्छन्, निकटताको पत्रकार र अधर्मी समीक्षक, व्यावसायिक प्रकाशक’ । यो भीड र अन्यायले कविता, साहित्य दिग्भ्रमित छ । नयाँ विधा र वाँटमा साहित्य औल्यिएको छ तर साहित्यकार र वास्तविक साहित्य हराउने चिन्ता छ । यसखाले प्रवृत्तिले कलानिधि जस्ता काव्यनिधिहरु किानरामा छन् । मूलधार नै किनारा परेको छ । साहित्य संस्था र सार्वजनिक संरचना पनि कुन्नि कतातिर अलमलिएका छन् । त्यसैले सच्चा कविहरु, सच्चा साहित्य साधकहरु आफ्नै आनन्दमा लेखिरहेका छन् ।

कलानिधिका कविताका सन्दर्भमा भुल्न नुहने कुरा के हो भने कविताले समाजको पुनसंरचना गर्छ, सौन्दर्य भनौं वा क्रान्तिचेत वा विनिर्माण जे भनौं । कविताको अन्तर्वस्तु मानिसलाई परिस्कार गर्ने शक्तिमा रहन्छ । उसको स्वभाव, आचरण, सोच–संस्कारलाई पुनप्रजननशीलतामा लाने सामथ्र्यका कवि कलानिधि आफ्ना विश्वसामा कठोर छन्, कसैप्रति लचक छैनन् । यथार्थ आँकलन कठोर हुनुु आफैलाई चिन्नु हो । औपचाकिताका निरश शब्द पस्केर समाज र स्वयम् आफैप्रति अत्याचार गर्ने कार्यभन्दा पर छन् कलानिधि ।

स्वार्थ, सङ्कीर्णता, समूह र सौदावाजीभन्दा पर रहेका कवि कलानिधि कविताको अतिवाद, व्यवसायको अतिवाद, सिद्धान्तको अतिवाद र अरुधेरै अतिवादबाट अलग रहेर शव्दयात्रामा सतत छन् । र भन्न भुल्दैनन् ‘म जे लेख्छु, त्यही गर्छु, त्यही बोल्छु । यसर्थ मेरो कविता नै मेरो जीवन हो’ । र कवितामा शार्दूल सौन्दर्य घोलिएका कविता श्लोकमा कविताप्रति नै जागरणको बिगुल फुक्छन्:

‘सक्छौ झङ्कृतमा जुरुक्क जग यो उठ्ने गरी बोल हे
भित्री धड्कनमा गर सब धरा आफै खुली खोल हे १
क्या मर्माहतका समग जनका सच्चा बनी द्यो कवि
सक्दैनौं अब लेख्न छाड कविता लेघ्र कहाँ छन् छवि ?? (छ्या १ छ्या ११ भो अब लेख्न छाड कविता १)

त्यसो त कवि मौनलाई पनि विद्रोहको शक्तिका रूपमा लिन्छन् । मौन रहेको भाव, मौन प्रकृति, मौन मिजास र सबै मौन मौन पनि सङ्घर्षको ठुलो शक्ति हो । ‘शरदको बिहान’ मा कवि यस्तै मौनमार्फत विद्रोहको विगुल फुकिरहेका छन् । उनले देखेको मौन सङ्घर्ष र सङ्घारको मौन शिविर त होइन ?
‘मौन १
मौन ११
मिठासको मौन
मिजासको मौन
शालीनताको मौन
संयमको मौन
सौहाद्र्रताको मौन
भाषाको मौन
लयको मौन
भावको मौन
विशाल विश्व नै
मौनतामा अग्लदोरहेछ’ । (शरदको बिहान, संसार न्यूज) ।

–मैनाली निवास, क्षितिज मार्ग
फूलपाति, २०७९ ।