अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

युक्रेनी भूभाग रुसमा गाभ्ने पुटिनको अन्तिम तयारी, रकेट आक्रमणमा २३ सर्वसाधारणको मृत्यु

बिआरटीनेपाल २०७९ असोज १४ गते ५:३९ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा रहेको युक्रेनी भूभाग रुसमा गाभ्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ । उहाँले युक्रेनको खेर्सन र जापोरिजझियालाई टुक्र्याएर रुसमा गाभ्ने सम्बन्धी व्यवस्थामा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।योसँगै यी क्षेत्रलाई ‘अनधिकृत’ रुपमा रुसको भाग बनाउने सम्बन्धी औपचारिक यात्राको थालनी पुटिनले गर्नुभएको छ । केही दिन पहिले रुसले यी क्षेत्रमा ‘तथाकथित’ जनमत संग्रह गरेको थियो । त्यसमा सहभागी भएका अधिकांशले रुसमा गाभिने पक्षमा मत दिएको दाबी रुसी अधिकारीले गरेका थिए ।

तर युक्रेन र संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय समुदायले भने सो जनमतसंग्रहलाई मान्यता दिएका छैनन् । पुटिनले शुक्रबार हुने संसदको संयुक्त शत्रलाई सम्बोधन गर्ने र त्यस क्रममा दुई क्षेत्र रुसमा गाभेको घोषणा गर्ने जनाइएको छ । पुटिनले खेर्सन र जापोरजझियालाई स्वतन्त्र क्षेत्रको मान्यता प्रदान गरेका छन् । डोनेट्स्क र लुहान्स्कलाई रुपमा भाग्ने तयारी पुटिनको छ । यी दुई क्षेत्रलाई गएको फेब्रुअरीमै पुटिनले स्वतन्त्र क्षेत्रको मान्यता दिएका थिए ।

शुक्रबारको सम्बोधनको क्रममा उहाँले चारै क्षेत्रलाई रुसमा भागेको घोषणा गर्ने बताईन्छ । यसले सात महिनादेखि जारी युक्रेन युद्धलाई थप गम्भीर मोडमा लैजाने संकेत छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।

२३ सर्वसाधारणको हत्या
यसैबीच रुसले गरेको रकेट आक्रमणबाट युक्रेनको जापोरजझियामा कम्तीमा २३ जनाको मृत्यु भएको छ । मानवीय सहायताको सवारीलाई लक्षित गरी भएको आक्रमणमा दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्नो कब्जामा रहेका युक्रेनी क्षेत्रमा रुसले चार वटा ‘तथाकथित जनमतसंग्रह’ गरेको र त्यसको नतिजा रुसमा गाभिने पक्षमा आएको दाबी गरेको छ । युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानीय समय अनुसार शुक्रबार बिहानै भएको आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले रुसी आक्रमणलाई आतंकवादको संज्ञा दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू