अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

मकवानपुरमा बस दुर्घटना, ७ जनाको ज्यान गयो, २४ जना घाइते

बिआरटीनेपाल २०७९ असोज ६ गते ६:४८ मा प्रकाशित

मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

काठमाण्डौबाट हेटौँडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । यो समाचार तयार पार्दासम्म दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको हेटौँडाका अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनाग्रस्त हुँदा काठमाण्डौ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको जीपमा ठोक्किएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू