अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किए

बिआरटीनेपाल २०७९ भदौ १८ गते ५:१७ मा प्रकाशित

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किनुभएको छ । खराब आर्थिक संकटका कारण भएको प्रदर्शन चर्किएपछि देश छोडेका उहाँ स्वदेश फर्किनुभएको हो ।

राजापाक्षे स्वदेश फर्किएको कोलम्बो विमानस्थलका अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ । राजापाक्षे विमानस्थलमा उत्रदा मन्त्रीहरू र राजनीतिज्ञको समूहले स्वागत गरेका छन् । राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य सरकारी कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भाग्नुपरेको थियो ।

श्रीलंका एअरफोर्सको विमानबाट माल्दिभ्स पुगेका उहाँ त्यहाँबाट सिंगापुर पुग्नुभएको थियो । सिंगापुरमै रहेका बेला राजापाक्षेले जुलाइ १३ मा राजीनामा पठाउनुभएको थियो । श्रीलंकामा पछिल्ला वर्ष विदेशी मुद्रामा आएको गिरावटका कारण खाद्यान्न र इन्धनको चरम अभाव छ । खाद्यान्न र इन्धनको मूल्यमा भएको वृद्धिपछि गएको अप्रिलमा आन्दोलन सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू