अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

भारतमा बस दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु, १४ जना घाइते

बिआरटीनेपाल २०७९ भदौ १८ गते ४:४६ मा प्रकाशित

भारत उत्तर प्रदेशको बाराबंकीमा ट्रकले पार्किङमा राखिएको बसलाई ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । साेही दुर्घटनामा १४ जना घाइते भएका हुन् । शनिबार बिहान ट्रकले पार्किङमा राखिएको बसलाई ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा प्रेम थारू, शितल थारू र चक्र बहादुर रहेका छन् भने एक जनाको सनाखत भएको छैन् ।

भारतीय संचार माध्यमका अनुसार उक्त बसले रुपैडिहादेखि नेपालबाट प्रवासी कामदारलाई गोवा लैजाँदै गरेको यात्रु बोकेको थियो । बसको टायर पंक्चर भई मर्मतको लागि बाटोको छेउमा रोकिएको अवस्थामा पछाडिबाट ट्रकले ठक्कर दिंदा उक्त घटना भएकाे हाे ।

उक्त बसमा कुल ६० जना यात्रु रहेको जनाइएकाे छ । घाइते १४ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको लखनउ ट्रमा सेन्टरमा र अन्यको बारबन्कीमा जिल्ला अस्पातलमा उपचार भईरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू