अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

पूर्वराष्ट्रपति ट्रम्पको समूहका कारण प्रजातन्त्र खतरामा: बाइडेन

बिआरटीनेपाल २०७९ भदौ १८ गते ४:४५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समूहले अमेरिकी प्रजातन्त्रलाई खतरामा पारेको आरोप लगाउनुभएको छ ।पेन्सिलभानियामा आयोजित एक कार्यक्रममा बोल्दै बाइडेनले मेक अमेरिका ग्रेट अगेन अर्थात मागा समूह अमेरिकालाई पछाडि धकेल्न र अमेरिकी प्रजातन्त्रलाई खतरामा पार्न प्रतिवद्ध रहेको बताउनुभएको हो ।

अहिले रिपब्लिकन पार्टी डोनाल्ड ट्रम्प नेतृत्वको मागा शक्तिबाट नियन्त्रित तथा परिचालित रहेको भन्दै डेमोक्रेटिक पार्टीका राष्ट्रपति बाइडेनले उक्त शक्ति अमेरिकाका लागि खतरा बनेको जिकीर गर्नुभयो ।

उहाँले भन्नुभयाे,- ‘हामीले लामो समयदेखि अमेरिकी प्रजातन्त्र सुरक्षित छ भन्दै आयौं । तर अहिले प्रजातन्त्र बचाउनु पर्ने अवस्थामा पुगेको छ ।’ रिपब्लिकन पार्टीले भने डेमोक्रेट्स् र राष्ट्रपति बाइडेनले अमेरिकी प्रजातन्त्रको मुटु झिकेको आरोप लगाएको छ ।

मेक अमेरिका ग्रेट अभियान गुमेको बिरासत पुन: स्थापित गर्ने अभियान हो भन्दै रिपब्लिकहरुले डेमोक्रेट्स्हरुले अमेरिकी पहिचान मेट्दै गएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू