अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

अफगानिस्तानको मस्जिदमा बम विस्फोट, तालिबानका मुख्य नेतासहित १४ जनाको मृत्‍यु

बिआरटीनेपाल २०७९ भदौ १७ गते ७:५४ मा प्रकाशित

अफगानिस्तानको हेरात प्रान्तस्थित एक मस्जिदमा बम विस्फोट हुँदा तालिबानका सबैभन्दा ठूला धार्मिक नेता मुल्ला मुजीब उर रहमान अन्सारीसहित १४ जनाको मृत्‍यु भएको छ । आईएसआईएसको खोरासान समूह (आईएसकेपी) ले उक्त बिस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । मिडिया रिपोर्टअनुसार उक्त मस्जिदमा दुइटा बम बिस्फोट भएको थियो ।

मुल्ला मुजिब सो मस्जिदका मुख्य इमाम थिए । घटनामा दुई जना व्यक्तिको संलग्नता रहेको जनाइएको छ । मुल्ला मुजिबलाई तालिवानका सबैभन्दा क्रूर नेताहरुमध्ये एक मानिन्थ्यो । नारीलाई शिक्षा दिनुहुँदैन र उनीहरुलाई घरबाट समेत निक्लिन दिनुहुन्न भन्ने उनको मान्यता थियो । दुई महिना अगाडि मात्र उनले तालिबान सरकारको आदेश पालना नगर्नेको शीर काटिने फतवा जारी गरेका थिए ।

घटनाबारे तालिबान सरकारले कुनै अधिकारिक धारणा सार्वजनिक गरेको छैन ।अफगानिस्तानमा गत महिना पनि एक प्रमुख तालिवान नेताको बम विस्फोटनमा परी ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू