अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

संयुक्त राष्ट्रसङ्घको टोली अनुगमनका लागि युक्रेनको आणविक उर्जा केन्द्रमा पुग्यो

बिआरटीनेपाल २०७९ भदौ १७ गते ७:५० मा प्रकाशित

संयुक्त राष्ट्रसंघको निरीक्षण टोली युक्रेनको आणविक उर्जा केन्द्रमा पुगेको छ । जापोरिझिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा टोली अनुगमनका लागि पुगेको हो ।

टोलीको नेतृत्व आईएईएका निर्देशक राफेल ग्रोसीले गर्नुभएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको १४ सदस्यीय विशेषज्ञ सम्मिलित टोली युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको अनुगमनमा पुग्न यसअघि महिनौं लामो वार्तापछि सम्भव भएको हो । तर रुस र युक्रेन दुवै देशले आक्रमणलाई निरन्तरता दिएका कारण टोलीलाई प्लान्टभित्र पुग्न समस्या भएको छ । दुई देशलाई सैन्य गतिविधि रोक्न भनिए पनि पालना नभएको समाचार संस्था एपीले जनाएको छ ।

जापोरिझिया प्लान्ट रूसी सेनाले कब्जा गर्दै आएको छ । तर रूसका विदेशमन्त्री सेर्गेइ लाभरोभले अनुगमन टोलीबाट आफ्नो देशले ‘निष्पक्षता’को अपेक्षा गरेको प्रतिक्रिया दिनुभएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू