अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७९ साउन २९ गते ६:२२ मा प्रकाशित

सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

प्रवक्ता कार्कीकाअनुसार सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको हो । उहाँले जापान सरकारबाट पूर्वी तराईको सिंचाई प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको बताउनुभयो ।

प्रवक्ता कार्कीले मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको बताउनुभयो । त्यस्तै, आगामी भदौ ७ देखि ९ गतेसम्ममा संयुक्त राष्ट्र संघको आयोजनामा थाइल्याण्डको राजधानी बैंकंकमा हुने दक्षिण एक्सेन्ज एण्ड प्रिपेरिङ स्मुथ ट्रान्जिसन स्टाटेजी कार्यक्रममा सहभागीका लागि राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने भएको छ ।

उहाँले आर्थिक वर्ष २०७८/०७९ का लागि उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ५१ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो । त्यस्तै, कानून तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ५८ वटा पदहरुको स्थायी दरबन्दी र कृषि तथा पशु विकास मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २० वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ ।

प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले अनुसार विदशी नागरिक नासिम नाइनको नागरिकता खारेज गर्ने निर्णय गरेको बताउनुभयो । प्रवक्ता कार्कीले सप्तकोशी नदीमा आएको बाढीबाट बढी क्षती भएका भौगोलिक क्षेत्रलाई विपत शंकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारले निर्णय गरेको बताउनुभयो । उहाँले पर्वत जिल्ला कुश्मा नगरपालिका ५ स्थित १३ रोपनी १५ आना जग्गा मध्ये जिल्ला समन्वय समिति पर्वतले भोगचलान गरेको ६ रोपनी ६ आना दुई पैसा एक दाम रोपनी जग्गा मध्ये दुई रोपनी ८ आना ३ पैसा ३ दाम रोपनी जग्गा कुश्मा नगरपालिकाको प्रशासनियक भवन निर्माणको लागि उपयोग गर्न स्वीकृत दिने निर्णय गरेको बताउनुभयो ।

सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ३५५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका १५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन पहिलो निर्देशिका, २०७९ स्वीकृत गर्ने सरकारले निर्णय गरेको बताउनुभयो । सरकारले भारतीय सेनाका स्थल सेना अध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको बताउनुभयो ।

आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २३ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५को अनुसूची ३ को हेरफेर गर्ने र राजपत्रमा सूचना प्रकाशन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू