अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

भारतका शेयर बजारका बादशाह राकेश झुन्झुनवालाको निधन

बिआरटीनेपाल २०७९ साउन २९ गते ५:४८ मा प्रकाशित

दलाल स्ट्रिटमा बिग बुल र स्टक बादशाहका नामले परिचित झुन्झुनवालाको ६२ वर्षको उमेरमा मुम्बइमा निधन भएको हो । आइतबार बिहान स्थानी समय अनुसार पौने ७ बजे मुम्बइको ब्रीच क्यान्डी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पीडित रहेका झुन्झुनवाला केही साता अघि उपचार गरी अस्पतालबाट डिस्चार्ज भएका थिए। चार्टर्ड अकाउन्टेन्ट समेत रहेका झुन्झुनवाल ५ हजार रुपैयाँको लगानीबाट शेयर बजारमा प्रवेश गरेर ४० हजार करोड रुपैयाँको पोर्टफोलियो बनाएका थिए ।

विश्वका ४ सय ४०औं स्थानका धनाढ्य मध्ये झुन्झुनवाला भारतीय धनाढ्यहरुको सूचीमा ३६औं नम्बरमा रहेका छन् । हंगामा डिजिटल मिडिया र एप्टेकको अध्यक्ष रहेका झुन्झुनवाला भाइसरोय होटल्स, कन्कर्ड बायोटेक, प्रोभोग इन्डिया र जिओजित फाइनान्सियल सर्भिसेसका निर्देशक पनि थिए । पछिल्लो समय उनले गत महिना आकाश एअर सुरु गरेका थिए । उनको सम्पतिको नेटवर्थ करिब ६ अर्ब डलर हाराहारी रहेको छ । झुुन्झुनवालाको निधनमा शोक ब्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशले अदम्य साहसिलो उद्यमी गुमाएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू