अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

इजरायलको जेरुसलममा अज्ञात व्यक्तिको गोली प्रहारबाट ८ जना घाइते

बिआरटीनेपाल २०७९ साउन २९ गते ५:४६ मा प्रकाशित

इजरायलको जेरुसलममा एक अज्ञात ब्यक्तिको गोली प्रहारबाट ८ जना घाइते भएका छन् ।जेरुसलमको पश्चिमी क्षेत्रको जुदासिनममा तीर्थ यात्रुहरू चढेको बसमा प्रवेश गरेका ब्यक्तिले बसमा सवार यात्रुहरूमाथि अन्धाधुन्द गोली प्रहार गर्दा यात्रुहरू घाइते भएका हुन् । घाइते हुनेमा एक गर्भवती महिला सहित अर्का एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

गोली प्रहार लगत्तै भाग्न खोजेका बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली प्रहार गर्ने ब्यक्ति पेलेस्टेनी रहेको अनुसन्धानबाट खुलेको छ । यसैबीच इजरायली प्रधानमन्त्री यअर ल्यापिडले घटनाप्रति दुख ब्यक्त गर्दै घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू