अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

जापान भ्रमण पूरा गरी पूर्वप्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता, नेपाल–जापानको सम्बन्ध थप मजवुद हुने बिश्वास व्यक्त

बिआरटीनेपाल २०७९ साउन २५ गते ७:२७ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमण सकेर स्वदेश फर्किनुभएको छ। गत शुक्रबार जापान प्रस्थान गर्नुभएका प्रचण्ड बुधबार अपरान्ह काठमाडौं फर्किनुभएको हो।त्रिभुवन विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण नेपाल र जापान सम्बन्धलाई थप मजबुद् बनाउन सहयोगी हुने बताउनुभयो।

राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेको नागरिकतासम्बन्धी विधेयकबारे सोधिएको प्रश्नमा उहाँले राष्ट्रपतिले विधेयक रोक्नुहुन्न भन्ने आफूलाई बिश्वास लागेको बताउनुभयो। ‘मैले हिजो जापानमा पनि पत्रकारसँगको अन्तरक्रियामा भनेको थिएँ। राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्थ्यो,’ । दुबै संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू