अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

भानुभक्तकाे २०९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता हुने

बिआरटीनेपाल २०७९ असार ११ गते ९:२८ मा प्रकाशित

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता आयोजना गरिने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आचार्यको जन्मजयन्तीका अवसरमा खुला कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ । सोही क्रममा खुला कविता प्रतियोगिता गर्न लागिएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ । सहभागीले यही असार २० गतेभित्र कविता पठाइसक्नुपर्ने समितिले जनाएको छ । सहभागीले adikabibhanubhakta1871@gmail.com मा कविता पठाउन सक्नेछन् । छनोटमा परेका कविले असार २८ गते स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्नेछ । कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, दुई शब्दमा नबढाइ युनिकोडमा टाइप गरेको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनीतिक आक्षेप लगाउने किसिमको हुन नहुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू