अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

कोरोना सङ्क्रमण दर बढ्दै, आज ४९ जनामा सङ्क्रमण पुष्टी

बिआरटीनेपाल २०७९ असार ९ गते ७:२८ मा प्रकाशित

नेपालमा केहीदिनयता कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ६३ जना पुगेको छ । आज नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा अहिलेसम्म कोरोना पुष्टि हुनेको सङ्ख्या ११ लाख १९ हजार ८६६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू