अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

भारतमा अल्पकालीन भर्ती नीतिको विरोध प्रदर्शनमा एक जनाको मृत्यु, एक दर्जन भन्दा बढी घाइते

बिआरटीनेपाल २०७९ असार ३ गते ७:३५ मा प्रकाशित

भारतमा सेनाको लागि नयाँ अल्पकालीन भर्ती नीतिको विरोध प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

आज दक्षिणी तेलंगाना राज्यबाट मृत्यु एक जनाको मृत्यु भएको जानकारी प्राप्त हो । सिकन्दराबाद रेल स्टेशनमा प्रदर्शनकारीहरूले रेलका डिब्बामा आगजनी गर्दा प्रहरीले गोली चलाएको थियो ।

तर प्रहरीको गोली लागेर ती व्यक्तिको मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन । नयाँ छोटो अवधिको सेनाको जागिरको बिरूद्ध भारतमा विरोध प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू