अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

कतार एअरवेजले महामारीकै बीचमा कमायो अहिलेसम्मकै धेरै १ अर्ब डलरभन्दा धेरै नाफा

बिआरटीनेपाल २०७९ असार २ गते ८:३९ मा प्रकाशित

कोरोना महामारीकै बीचमा कतार एअरवेजले अहिलेसम्मकै धेरै नाफा कमाएको छ । आज बिहीवार सार्वजनिक भएको विवरणअनुसार कतार एअरवेजले आर्थिक वर्ष २०२१/२२ मा एक अर्ब चार करोड अमेरिकी डलर नाफा कमाएको हो ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा दुई सय प्रतिशतले धेरै हो । कतार एअरवेजले आफ्नो २५ वर्षे इतिहासमा यति धेरै नाफा कहिले पनि गरेको थिएन । कतार एअरवेज समूहका प्रमुख कार्यकारी अकबर अल बकरले यो नाफा सन् २०२१/२२ मा संसारका कुनै पनि एअरलाइन्सको भन्दा उत्कृष्ट रहेको बताउनुभएको छ ।

कोरोना महामारीको समयमा पनि कतार एअरवेजले धेरैजसो चार्टर्ड र कार्गो सेवालाई निरन्तरता दिएको थियो । कम्पनीले उडान गर्ने हरेक अवसरलाई अधिकतम बनाउँदै लैजाने र नयाँ–नयाँ गन्तव्यको खोजी भइरहेको पनि जनाएको छ ।

कतार एअरवेजले संसारभरका सबै महत्त्वपूर्णहित एक सय ४० भन्दा धेरै गन्तव्यमा उडान गर्दै आएको छ । कम्पनीसँग अहिले दूई सय ५० वटाभन्दा धेरै जहाज रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू