अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

संसद्मा बजेट अधिवेशन सुरू 

बिआरटीनेपाल २०७९ जेठ ३ गते ८:५४ मा प्रकाशित

संसद्मा बजेट अधिवेशन सुरू भएको छ । गत चैत १ गते मध्यरातिदेखि अन्त्य भएको संसद् अधिवेशन आजदेखि सुरू भएको हो । बैठकको सुरुमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गर्नुभएको पत्र पढेर सुनाउनुभएको थियो । त्यसपछि सुरु मै बोल्नुभएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो सङ्कट उत्पन्न भएकाले संसद अवरोध नगर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीका असन्तुष्टिहरू कायम रहेको भन्दै विरोधको स्वरुप बदल्ने जानकारी पनि दिनुभयो ।

देशको अर्थतन्त्रमा उत्पन्न सङ्कटबारे गम्भीर छलफल गर्न संसद खोल्न जरुरी भएको उहाँको भनाइ छ । यस्तै बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९, रेल्वे अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश भएको छ । संसद् बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू