अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

देशभर ६४ प्रतिशत मत खसेकाे आयाेगकाे प्रारम्भिक अनुमान, ४४ केन्द्रमा मतदान स्थगित

बिआरटीनेपाल २०७९ वैशाख ३० गते ८:५३ मा प्रकाशित

निर्वाचन आयोगले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ ।

आयोगले आज बेलुका पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको र यो सङ्ख्या बढ्न सक्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताउनुभयो । उहाँले सबैभन्दा धेरै मतदाता रहेको काठमाण्डाैमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘आज चुनावकाे दौरान विभिन्न जिल्लामा छिटपुट घटना र केही ठाउँमा अप्रिय घटना भए । यसको कारण अहिलेसम्म १४ जिल्लाका १७ पालिकाका २८ वटा मतदान स्थलका ४४ वटा केन्द्रमा मतदान स्थगित भएकाे छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग सुरक्षा व्यवस्था र राजनीतिक दलहरूको व्यवस्थाको बारेमा चिन्तित र सशङ्कित भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू