अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

युक्रेनलाई ४ सय मिलियन डलर सहयोग गर्ने बेलायतको घोषणा

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:३३ मा प्रकाशित

बेलायतले युक्रेनलाई ४ सय मिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनलाई सघाउन ४ सय मिलियन अमेरिकी डलरको सहयोग र सैन्य सामाग्री दिने घोषणा गर्नुभएको हो । युद्ध उपकरणलगायत नाइट भिजन उपकरणहरु रहेका छन् । बेलायती संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री जोन्सनले युक्रेनका लागि आफ्नो मुलुकले गर्ने सहयोग फलदायी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

यो सहयोग युक्रेनको भावी पुस्ताका लागि स्मरणीय रहने प्रतिक्रिया प्रधानमन्त्री जोन्सनले दिनुभयो । साथै जोन्सनले युक्रेनका विभिन्न शहरमा फसेकाहरुको उद्धारका लागि ल्याण्डक्रुजर युक्रेन पठाउने पनि बताउनुभएको छ ।

यता अमेरिका र जर्मनीले पनि युक्रेनलाई गरिएको सहयोगलाई निरन्तरता दिने जनाएका छन। यसैबीच युक्रेनको ओडेसा शहरमा रुसी सेनाको रकेट आक्रमणमा परेर एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । रकेट आक्रमणमा सो क्षेत्रका केही भवनमा क्षति समेत पुगेको छ । यता युक्रेनको मारियुपोल शहरबाट उद्धार गरिएकामध्ये सयौं छिमेकी मुलुक स्लोभाकिया पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू