अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

आगलागीमा परि फिलिपिन्समा ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ वैशाख १९ गते ८:१५ मा प्रकाशित

फिलिपिन्सको राजधानी मनिला नजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिका सहित आठ जनाको मृत्यु भएको छ । आज बिहानबाट सुरू भएको आगलागिका कारण ८० घर जलेको छ । क्युजोन शहरको फिलिपिन्स विश्वविद्यालयको फराकिलो क्याम्पस भित्रको भीडभाड बस्तीमा रहेको घरको दोस्रो तल्लाबाट आगलागि सुरू भएको थियो ।

आगलागीको कारण भने थाहा हुन नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आगो छिटो फैलिएका कारण मानिसहरू भाग्न नभ्याएको र मृत्यु भएको बताईएको छ । मृत्यु हुनेमा ६ जना बालबालिका सहित ८ जना रहेका छन् । फिलिपिन्स विश्वको सबैभन्दा सघन जनसंख्या भएको देश हो, र यसको राजधानीमा प्रति वर्ग किलोमिटर बासिन्दाहरूको ठूलो सङ्ख्या छ ।

हजारौं मानिसहरू भीडभाड भएका समुदायहरूमा बस्ने भएकाले आगलागीका घटनाहरू भइरहने अन्तराष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू