अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

युक्रेनको ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त

बिआरटीनेपाल २०७९ वैशाख १८ गते ६:३४ मा प्रकाशित

रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो । उता, युक्रेनको मारियुपोल शहरको स्टिल कारखानमा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन ।

मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु युक्रेनी सेनाको सहयोगमा त्यहाँबाट भागेका हुन् । रुसको घेरामा रहेको सो क्षेत्रमा आवतजावत समेत ठप्प पार्ने निर्देशन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका थिए । अझै पनि १ हजार सर्वसाधारण सो क्षेत्रमा फसेको र उनीहरुको उद्धार कार्य भने जारी रहेको युक्रेनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू