अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

युक्रेनको मारियुपोल शहर कब्जा गरेको रुसको दावी

बिआरटीनेपाल २०७९ वैशाख ४ गते ८:१२ मा प्रकाशित

युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेको रुसले दावी गरेको छ ।रुसले युक्रेनको मारियुपोल शहर आफ्नो कब्जामा आईसकेको दावी गर्दै त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । आज (आइतबार) सम्म हतियार बिसाउने येक्रेनी सेनालाई जीवनदान दिने रुस सकिने भन्दै रुसले भोलि (सोमबार)देखि उक्त शहरमा नाकाबन्दी लगाउने जनाएको छ । युक्रेन–रुसीबीचको युद्ध भएको आज (आइतबार) ५३ दिन पूरा भएको छ । तर युक्रेन–रुसीबीचको युद्ध भने जारी छ ।

उता युक्रेनी राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोलमा लडिरहेका युक्रेनी सेनालाई निर्मूल पारेमा रुससँगको शान्ति वार्ता भंग हुने बताउनुभएको छ । जेलेन्स्कीले मारियुपोलका जनताको अवस्था निकै नाजुक रहेको भन्दै थप हतियार उपलब्ध गराउन सहयोगी राष्ट्रहरुसँग अपील गर्नुभएको छ । त्यस्तै, रुसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन लगायतका बेलायती मन्त्रीहरुलाई रुस प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री जोनसोनले युक्रेनको साथ दिएर रुससँग शत्रुता साँधेको भन्दै रुस प्रवेशमा रोक लगाएको रुसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू