अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४४ | Colorodo: 13:59

साताको पहिलो दिन नेप्सेमा २९ अंकको गिरावट, कूल कारोबार १ अर्ब ४४ करोडमा खुम्चियो

बिआरटीनेपाल २०७९ वैशाख ४ गते ८:११ मा प्रकाशित

साताको पहिलो दिन आइतबार शेयर बजारका सबै सूचक ओरालो लागेको छ । आज नेप्से परिसूचकमा २९ दशमलव ६ अंकले गरावट आएको छ भने सेन्सिटिभ सूचक पनि ५ अंक घटेको छ । आज कूल कारोबार १ अर्ब ४४ करोडको भएको छ । बैंकिङ ८, ब्यापार ६, होटल तथा पर्यटन ६३, विकास बैंक ६६, जलविद्युत ६०, फाइनान्स ४२, निर्जीबन बीमा १२०, उत्पादन ८८, अन्य ३४, माइक्रोफाइनान्स ४४ र जीवन बीमा उपसमूहमा २०० अंकले गिरावट आएको छ ।

कारोबारमा आएका कुल १९५ कम्पनीमध्ये २४ कम्पनीको मूल्य वृद्घि भएको छ । त्यसैगरी १ सय ६७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । साथै ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । नेस्डो समृद्ध लघुवित्तको मूल्य १० प्रतिशत, जल्पा सामुदायिक लघुवित्तको ४ प्रतिशत बढेको छ भने हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत, इमर्जिङ नेपालको ७ दशमलव ५ प्रतिशतले घटेको छ ।

सर्वाधिक कारोबार हुनेमा नेपाल टेलिकम, अरुणभ्याली हाइड्रोपावर, ग्लोबल आईएमई बैंक डिबेन्चर ८६÷८७, हिमालयन डिस्टिलरी र नबिल बैंक लगायत रहेका छन् ।

 

प्रतिक्रिया