अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

जेठ १५ गतेदेखि नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु २४ सै घण्टा सञ्चालन हुने

बिआरटीनेपाल २०७९ वैशाख ३ गते ८:०६ मा प्रकाशित

नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु आगामी जेठ १५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँको विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ ।

 

प्रतिक्रिया