अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

युक्रेनी राष्ट्रपतिको दाबीः युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए

बिआरटीनेपाल २०७९ वैशाख ३ गते ७:५७ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको दाबी गर्नुभएको छ ।२४ फेब्रुअरीदेखि सुरु भएको युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उहाँले दाबी गर्नुभयो ।

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उहाँले भन्नुभयो ।मस्कोले गत महिना युद्धमा आफ्ना १ हजार ३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो ।

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुवै पक्षले आ–आफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू