अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

तीन चिनियाँ अन्तरिक्ष यात्री ६ महिनापछि पृथ्वीमा अवतरण

बिआरटीनेपाल २०७९ वैशाख ३ गते ७:३४ मा प्रकाशित

चीनको नयाँ अन्तरिक्ष स्टेशनबाट ६ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गराइएको छ । अवतरणको सीसीटीभीले रेकर्ड गरेको भिडियो सार्वजनिक गर्दै चीनले अन्तरीक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामोम मिसन भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ ।विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरीक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ । चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ ।

सन् १९५७ मा सोभियत संघले स्पुत्निक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले चीनले भूपउप्रह बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो । राष्ट्रपति सी जिनपिङका अनुसार चीनको ‘विशेष सपना’ को योजनालाई निरन्तरतामा राखिएको छ ।

बेइजिङले वर्षौंदेखिको अन्तरिक्ष यात्राको प्रयासमा कोसेढुङ्गा सावित भएपछि अन्ततः अन्तरिक्ष यात्राको अभियानमा संयुक्त राज्य अमेरिका र रूससँग प्रतिस्पर्धामा पुग्ने प्रयास गरिरहेको छ । अन्तरिक्ष स्टेशनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ । देशको राष्ट्रिय अन्तरिक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालकरहित चन्द्र मिशन सुरु भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू