अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

जेरुसेलमको अल–अक्सा मस्जिदमा झडप, करिब सय घाइते

बिआरटीनेपाल २०७९ वैशाख २ गते ७:५७ मा प्रकाशित

जेरुसेलमको अल–अक्सा मस्जिदमा झडप हुँदा करिब एक सय जना घाइते भएका छन् । जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा आज शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब एक सय जना घाइते भएका चिकित्सकहरूले बताएका हुन् ।

९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको बताइएको छ । झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो । झडपमा केही इजरायली प्रहरी पनि घाइते भएका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू