अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

किम जोन उनद्वारा समाचारवाचिकालाई घर उपहार

बिआरटीनेपाल २०७९ वैशाख २ गते ७:५६ मा प्रकाशित

उत्तर कोरियाका शासक किम जोङ उनले त्यहाँको एक टेलिभिजनमा ५० वर्षसम्म समाचार वाचन गरी सेवानिवृत्त भएकी समाचार वाचिकालाई दुई तले घर उपहार दिनुभएको छ । उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन–हीलाई घर दिएको भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको दृश्य भाइरल भएको छ ।

उनले यही साता उत्तर कोरियाको राजधानी प्योङयाङमा खुलेको आवासीय क्षेत्रमा रहेको दुई तले घर रीलाई उपहार स्वरुप दिनुभएको हो । उत्तर कोरियाली सरकारी टेलिभिजनमा देखिने रीले उत्तर कोरियाका पछिल्ला ५० वर्षका सबै महत्वपूर्ण समाचार वाचन गर्नुभएको थियो । समाचार बाचनका क्रममा रीले जहिले पनि गुलाबी रङको परम्परागत कोरियन पहिरन लगाउने गर्नुभएको थियो । रीको समाचारबाचनले दक्षिण कोरियाली नागरिकसँगै सुरक्षा अधिकारीका कान पनि ठाडा हुने गरेको समाचारमा उल्लेख छ ।

उपहार प्राप्त गरेपछि प्रतिक्रिया दिंदै रीले विश्वका जो सुकै समाचारवाचकहरू समाचार संकलनका क्रममा फिल्डमा नगएसम्म समाचार वाचकको रूपमा परिचित नहुने बताउनुभयो । रीले समाचारवाचन र रिपोर्टिङ सँगसँगै गर्ने गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू