अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

युक्रेनद्वारा रुसी रेलको पुलमा आक्रमण, युक्रेनमा आक्रमण थप बढाउने रुसको धम्की

बिआरटीनेपाल २०७९ वैशाख २ गते ७:५४ मा प्रकाशित

रुसले युक्रेनमाथि विना कारण आक्रमण गरेको शुक्रबार ५१ दिन पुगेको छ । युद्ध लम्बिदै जाँदा युक्रेनी सेना रुसमा पनि प्रवेश गरेको दाबी रुसको छ । रुसले युक्रेनलाई निकै चाँडै आफ्नो नियन्त्रणमा ल्याउने आकलन गरेको थियो । तर युक्रेनी सेनाले रुसी सेनासँग डटेर लडेपछि रुसले सोचको भन्दा फरक ढंगले यो युद्ध लम्बिएको छ । युक्रेनी सेनाले हिम्मत हारेका छैनन् । युद्धकै क्रममा सीमामा युक्रेनी सेनाले रुसी नागरिकमाथि आक्रमण गरेको रुसको दाबी छ ।

रुसले युक्रेनी सेनाले सीमा नजिकैको बेल्गोरोड र ब्रायनस्कमा आक्रमण गरेको आरोप लगाएको छ । त्यसमा कैयन रुसी नागरिक घाइते भएका रुसको भनाई छ । तर युक्रेनले भने रुसी दाबी झुठो भएको बताएको छ । उसले सीमामा रहेको रुसी रेलको पुलमा मात्रै आक्रमण गरेको बताएको छ । यो रेलको पुल रुसका लागि निकै महत्वपूर्ण थियो । किनकी त्यहाँबाट रुसले युक्रेन आक्रमणमा सैन्य उपकरणहरू आपूर्ती गरिरहेको थियो ।

रुस र युक्रेनको युद्ध झन– झन भयानक बन्दै गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । रुसले युक्रेनमा पारेको तहस नहसबाट क्रुद्ध भएको युक्रेनी सेनाले रुसमा प्रवेश गरेर आक्रमण गर्ने रणनीति बनाएको छ । रुसले युक्रेनका सबै शहरहरु बम र मिसाइल आक्रमणबाट खण्डहर बनाएको छ । निकै चहल पहल रहने युक्रेनका बिभिन्न शहरहरु मसानघाट जस्तै भएका संचारमाध्यमले जनाएका छन् ।

रुसले अस्पताल,बिद्यालय,खानेपानी जस्ता युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारेको छ । युक्रेनी सेना रुसमा प्रवेश गरेर आक्रमण गरे युक्रेनमा थप आक्रमण बढाउने धम्की रुसले दिएको छ । उसले युक्रेनी सेनालाई रुसी क्षेत्रमा आक्रमण नगर्न पनि चेतावनी दिएको छ ।रुसले युक्रेनमाथि गत फेब्रुअरी २४ देखि आक्रमण शुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू