अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग गर्ने

बिआरटीनेपाल २०७९ वैशाख १ गते ७:३६ मा प्रकाशित

अमेरिकाले युक्रेनलाई रुसी आक्रमणको प्रतिरक्षाका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ ।अमेरिकी राष्ट्रपति जो वाइडेनले यसरी उपलब्ध गराइने सैन्य सामग्रीमा हेलिकोप्टरदेखि आर्टिलरी प्रणाली, आर्टिलरी राउन्ड जस्ता सामग्री समावेश हुने जानकारी दिनुभएको हो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तापछि विज्ञप्ति निकाल्दै बाइडेनले उक्त जानकारी दिनुभएको हो ।रुसी आक्रमणमा हजारौं युक्रनी नागरिक मारिएको र लाखौं विस्थापित भएको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसविरुद्ध लड्न भारी हतियार र उपकरण उपलब्ध गराउन अमेरिकी र युरोपेली नेताहरूसँग आग्रह गर्दै आउनुभएको छ ।

युक्रेन रुस युद्ध सुरू भएदेखि अहिलेसम्म अमेरिकाले २ दशमलव ४ बिलियन डलरभन्दा बढीको सहयोग गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू