अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

फिलिपिन्समा आँधीपछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय २३ पुग्यो

बिआरटीनेपाल २०७९ वैशाख १ गते ७:२० मा प्रकाशित

फिलिपिन्समा समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय २३ पुगेको छ । बाढीपहिरोले धेरै घरहरू पुरिएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ । ‘मेगी’ नामको समुद्री आँधीपछि लेटेलगायतका प्रान्तमा आँधीपछि वर्षा र पहिरो गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बाढी र पहिरोमा परी २ सयभन्दा बढी घाइते भएका छन् । पछिल्लो समय मानवीय गतिविधिका कारण तापमान बढ्दै गएको र समुद्री आँधीको स्वरूपमा पनि परिवर्तन देखिएको वैज्ञानिकहरूले बताएका छन् । बाढीपहिरोमा परी १ सय ५० भन्दा बढी बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै हजारौँलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू