अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

क्यामरुनको नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ चैत ३० गते ८:२२ मा प्रकाशित

अफ्रिकी मुलुक क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।क्यामरुनको बास्टोस जिल्लामा रहेको लिभ्स नामको नाइटक्लबमा गरिएको आतिशबाजीका कारण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीमा सयौं मानिस घाइते भएका छन् । सयौं मानिस भेला भएका बेला आगलागी भएपछी भागदौड मच्चिएको थियो । नाइटक्लब नजिकै राजदुत र कुटनितीज्ञहरूको निवास रहेकाले आगलागी हुने बित्तिकै उनीहरूको निवास खाली गराइएको थियो ।

नाइटक्लबको तल्लो तलाबाट शुरु भएको आगो दुई तलासम्म फैलिएको थियो । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू