अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

न्युयोर्कको सब वे स्टेशनमा गोली प्रहार हुँदा १६ जना घाइते

बिआरटीनेपाल २०७८ चैत ३० गते ८:०९ मा प्रकाशित

अमेरिकाको न्युयोर्क सब वे स्टेशनमा भएको गोली प्रहार हुँदा १६ जना घाइते भएका छन् ।न्युयोर्कको ब्रुकलिनमा रहेको सब वे स्टेशनमा एक अज्ञात बन्दुकधारीले सर्वसाधारण माथि अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।

गोली प्रहार लगत्तै फरार भएका उनको ब्यापक खोजी भईरहेको प्रहरीले बताएको छ । गोली प्रहार गर्नु अघि बन्दुकधारीले धुँवा निस्कने बम फाल्दा सर्वसाधारणलाई श्वास प्रश्वासमा समस्या भएको थियो । अनुहार पुरै ढाक्ने गरी मास्क लगाएका ती ब्यक्तिले गोली प्रहार गर्नुको उद्देश्य प्रष्ट भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू