अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

पोखरामा १७ औं नववर्ष फेवा महोत्सव शुरु

बिआरटीनेपाल २०७८ चैत ३० गते ८:०७ मा प्रकाशित

पोखराको लेकसाइडमा बुधबारदेखि १७ औं नववर्ष फेवा महोत्वस शुरु भएको छ ।पश्चिमाञ्चल होटल संघको आयोजनामा नेपाली नयाँ वर्षको स्वागतका लागि लेकसाइडस्थित फेवाताल किनारमा महोत्सव शुरु भएको हो ।

महोत्सवको शुभारम्भ गर्दै पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्ने बताउनुभयो । अर्को प्रसङ्गगमा मन्त्री आलेले विमानस्थल निर्माणको ९३ प्रतिशत काम सम्पन्न भइसकेकोले पाँच महिनामा भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा ल्याउने दाबी गर्नुभयो ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्धेश्यले महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो ।

 

प्रतिक्रिया