अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

फिलिपिन्समा आँधीपछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

बिआरटीनेपाल २०७८ चैत ३० गते ८:०१ मा प्रकाशित

फिलिपिन्समा आँधीपछि आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । मेगी नामक आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ । आँधीका कारण आएको बाढी तथा पहिरोमा परेर हजारौं मानिस प्रभावित भएका छन् ।

उद्धारकर्मीहरू अहिले पनि देशको पूर्वी र दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्थानीय रुपमा एगातोन भनिने मेगी गएको आइतवार फिलिपिन्सको तटीय क्षेत्रमा ठोक्किएको थियो ।

यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो । वर्षको औसतमा २० वटा ट्रपिकल स्ट्रोम फिलिपिन्समा आउने गरेको छ । आँधीबाट जोगिनका लागि १३ हजार भन्दा बढी मानिस सुरक्षित स्थानमा सरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू