अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

शेयर बजार साढे ४४ अङ्कले घट्यो

बिआरटीनेपाल २०७८ चैत २८ गते ७:२६ मा प्रकाशित

शेयर बजार आज सोमवार साढे ४४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ६४ अङ्कले घटेर दुई हजार चार सय १९ दशमलव ७१ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीवन बीमा, उत्पादन, अन्य, होटल तथा पर्यटन, विकास बैंक, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर दुई अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

शेयर बजार दोहोरो अङ्कले घटेको दिन इमर्जिङ नेपालको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेस्डो र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया