अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क युक्रेनमा

बिआरटीनेपाल २०७८ चैत २७ गते ७:५६ मा प्रकाशित

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार सुटुक्क युद्धग्रस्त युक्रेनको राजधानी कीभ पुग्नुभएको छ ।युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कीभ पुगेर जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्विर त्यहाँस्थित बेलायती दूतावासले सार्वजनिक गरेपछि जोन्सनको भ्रमण सार्वजनिक भएको हो ।जेलेन्स्कीसंगै कीभका सडकमा निस्केर जोन्सनले स्थानीय सर्वसाधारणसँग पनि भेट गर्नुभएको थियो । जेलेन्स्कीको प्रशंसा गर्दै जोन्सनले बेलायत निरन्तर युक्रेन र युक्रेनी जनतासँग उभिने बताउनुभयो ।

युक्रेनलाई थप सैन्य तथा आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिंदै जोन्सनले कुल ७७ करोड पाउण्ड बराबरको ऋण सहयोग दिने बताउनुभयो । बेलायतले दश करोड पाउण्ड बराबरको हतियार सहयोग गर्ने घोषणा गरेलगत्तै जोन्सन कीभ पुग्नुभएको हो । छोटो समयको बसाईपछि उहाँ लण्डन फर्कनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू