अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

अष्ट्रेलियामा आगामी मे २१ मा आम निर्वाचन हुँदै

बिआरटीनेपाल २०७८ चैत २७ गते ७:१३ मा प्रकाशित

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी जेठ ७ गते अर्थात २१ मे मा आम निर्वाचनको घोषणा गर्नुभएको छ । स्कट मोरिसनले गभर्नर जनरलसँग कुराकानी गरेपछि चुनावको घोषणा गर्नुभएको हो । पछिल्ला दिनमा प्रधानमन्त्री स्कट मोरिसनविरुद्ध थुप्रै आरोप लागेपछि उहाँको लोकप्रियतामा कमी आएको छ । स्कट मोरिसन सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री हुनुभएको हो ।

मोरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा ७६ सिट छन् । अष्ट्रेलियामा सरकार फेरिन सक्ने र विपक्षी लेबर पार्टी सत्तामा आउन सक्ने चुनावी सर्वेक्षणले देखाएको छ । पछिल्लो ९ संसदीय निर्वाचनमध्ये ७ वटामा जित हासिल गरेपनि स्कट मोरिसनको पार्टीलाई आगामी चुनाव जित्न गाह्रो हुने राजनीतिक विश्लेषकहरुको मान्यता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू