अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

बेलायतद्वारा पुटिनका छोरीहरूमाथि प्रतिबन्ध

बिआरटीनेपाल २०७८ चैत २६ गते ८:०४ मा प्रकाशित

बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूलाई प्रतिबन्धको सूचीमा राखेको छ । रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको हो ।

बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी सर्गेइभना विनोकुरोभाको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो ।तीनै जनालाई यस साताको सुरुमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।

रुसी राष्ट्रपतिका भित्रि वृत्तका मानिसहरूलाई प्रतिबन्ध लगाउने पहलस्वरुप बेलायतको पछिल्लो कदम आएको हो । युक्रेनमा रुसले हमला सुरु गरेपछि बेलायत लगायत पश्चिमा देशहरूले मस्कोमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू