अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

जापानद्वारा रुसी कोइला आयातमा प्रतिबन्ध : आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला

बिआरटीनेपाल २०७८ चैत २६ गते ७:५२ मा प्रकाशित

जापानले रुसबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रुसी कोइला आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको हो । यूक्रेनमा आक्रमण गरेको रुसले नागरिकको हत्या गर्ने र आणविक ऊर्जा केन्द्रलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको उहाँले टिप्पणी समेत गर्नुभएको छ । जापानले अमेरिका र युरोपेली देशहरूसँग समन्वय गरेर रुस विरुद्धको आर्थिक नाकाबन्दीमा सहकार्य गर्दै आएको छ । प्रधानमन्त्री किशिदाले जापान युक्रेनको साथमा रहेको पनि बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

भारत र चीनपछि जापान विश्वको तेस्रो ठूलो कोइला आयातकर्ता हो । जापानको कुल कोइला आयातको ११ प्रतिशत रुसबाट आउने गरेको थियो । यसैबीच जापानले आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको पनि जनाएको छ । यसअघि अष्ट्रियाले पनि आफ्नो देशमा रहेर कुटनीतिक मान्यता विपरीत काम गरेको भन्दै चार जना रुसी कूटनीतिज्ञलाई अप्रिल १२ भित्र देश छोड्न आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू